शनिबार ८ असार २०८१
बिजनेस

प्रभु बैंक र स्विस कन्ट्याक्टबीच सम्झौता

मंगलबार जेठ २२, २०८१/ Tuesday 06-04-24

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्विस कन्ट्याक्ट (नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम एनएमडीपी फेज)बीच सम्झौता भएको छ ।

कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्विस कन्ट्याक नेपालको सहकार्यमा सञ्चालन गरिने “ग्रोइङ टोगेदरः अ सस्टेनेबल एग्रिकल्चर इन्टेविभ फर कोशी प्रोभिन्स’ नामक परियोजनाका लागि सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र स्विस कन्ट्याकका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने इच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया