शनिबार १२ श्रावण २०८१
अर्थ

नेप्से ३३.१५ अंकले बढ्यो, साढे ५ अर्बभन्दा बढीको कारोबार

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24

काठमाडौँ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अङ्कले बढेको छ । बजार खुलेदेखि नै उत्साहजनकरुपमा बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.५९ प्रतिशतले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यसदिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । एसियन हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

मंगलबार बरूण हाइड्रोपावर, ग्रीनभेन्चर, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक २.५८ प्रतिशतले वृद्धि भएको छ । 

तपाईको प्रतिक्रिया