शनिबार ८ असार २०८१
अर्थ

आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरूमा परिवर्तन गर्दैनौं: अर्थमन्त्री

शनिबार असार १, २०८१/ Saturday 06-15-24

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा पाँच वर्षसम्म कुनै पनि करका नीतिहरूमा परिवर्तन नगर्ने बताएका छन् ।

शनिबारबाट ललितपुरमा सुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै उनले आईटीको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने बताए । 

उनले काठमाडौंमा तत्काल एउटा आईटी हब बनाउने र त्यसका लागि केही ठाउँ हेरिसकिएको बताए । सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने लक्ष्य रहेको उनको भना इछ । 

सरकारका तर्फबाट काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आईटी सेन्टर स्थापना गर्ने र तीन वर्षलाई कुनै पनि शुल्क नलिने बताए । 

अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आईटी सेक्टरको सेवा निर्यात गरेको र आगामी एक वर्षभित्र एक खर्बको आईटी उत्पादन निर्यात गर्ने लक्ष्य राखेको बताए ।

उनले नेपालका लागि आईटी क्षेत्र प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र भएको धारणा राखे । उनले १० वर्षमा ३० खर्बको आईटी उत्पादन निर्यात गर्नसक्ने महत्वाकांक्षी योजना सरकारले ल्याएको जानकारी दिए । 

 

तपाईको प्रतिक्रिया