आइतबार २३ भदौ २०८१
बिजनेस

लक्ष्मी सन्‌राइज बैङ्कले गर्‍यो ललितपुरमा सेवा विस्तार

बुधबार असार १२, २०८१/ Wednesday 06-26-24

काठमाडौँ। लक्ष्मी सन्‌राइज बैङ्कले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। काठमाडौँ महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका २ शाखाहरू मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएको साबिकको न्युरोड शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिने बैङ्कले जनाएको छ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू प्रदान गर्नेछ।

हाल लक्ष्मी सन्‌राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १२८ शाखारहित बैङ्किङ  एजेन्ट रहेका छन्।

 

तपाईको प्रतिक्रिया