बिहीबार २० असार २०८१
समाज

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त

सोमबार असार १७, २०८१/ Monday 07-01-24

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् ।

आज सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकले जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

कोषको कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुन्छ । यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो ।

पुनको योग्यताका सम्बन्धमा प्रश्न उठाउँदै पशुपति क्षेत्र विकास कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कामकाज नगर्न नगराउन भनि अन्तरिम आदेश जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया