2024-07-10-03-54-57.jpeg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ) निष्कासन स्थगित गरेको छ ।
रिलायन्सले भोलि बिहीबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।
तर, संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही जवाफ माग गरेपछि बोर्ड सञ्चालक समितिले हाललाई आईपीओ निष्कासन कार्य स्थगित गर्ने निर्णय गरेको हो ।
लेखा समितिले सात दिनभित्र रिलायन्सको आईपीओका विषयमा स्पष्ट पार्न भनेको छ । समितिलाई जवाफ पठाएपछि मात्र प्रक्रिया अगाडि बढ्ने धितोपत्र बोर्ड स्रोतको भनाइ छ ।
बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नवराज अधिकारीले लेखाको ध्यानाकर्षण भएपछि रिलायन्सको आईपीओ हाललाई स्थगित भएको जानकारी दिए ।
रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग ७ दिनभित्र जवाफ मागेको छ । ‘गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको कम्पनीले उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ?,’ लेखाको प्रश्न छ ।
तपाईको प्रतिक्रिया