शुक्रबार २ कार्तिक २०८१
खेलकुद

एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली महिला क्रिकेट टिम

बिहीबार श्रावण १०, २०८१/ Thursday 07-25-24

काठमाडौं । वुमन एसिया कप क्रिकेट खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ ।

श्रीलंकामा भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल फर्किएको हो । युएईलाई ६ विकेटले जितेको नेपाल पाकिस्तानसँग ९ विकेटले र भारतसँग ८२ रनले पराजित भएको थियो ।

प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो ।

नेपाल रहेको समूह ए बाट भारत र पाकिस्तान तथा समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया