मंगलबार ६ कार्तिक २०८१
बिजनेस

आज देखि पेट्रोल र डिजेलको घटेको मुल्य आज देखि लागूहुने

बिहीबार श्रावण १७, २०८१/ Thursday 08-01-24

काठमाडौँ । पेट्रोल र डिजेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि  नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

जसअनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ ।

मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया