काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा दिर्घराज मैनाली नियुक्त भएका छन् ।
सरकारको निर्णयानुसार कृषि विकास बैंकको सञ्चालक समितिको सञ्चालक सदस्यमा मैनाली मनोनयन भएका हुन् ।
नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका छन्।
तपाईको प्रतिक्रिया