मंगलबार ६ कार्तिक २०८१
मनोरन्जन

युरोप पठाउने भन्दै ठगेको आरोपमा कलाकार इकु पक्राउ

बुधबार भदौ २६, २०८१/ Wednesday 09-11-24

काठमाडौं। कलाकारका रूपमा युरोप पठाउने भन्दै ठगेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक जना कलाकारलाई पक्राउ गरेको छ। 

सिआइबीले ललितपुर महानगरपालिका-२४ धापाखेल घर भई काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकरलाई पक्राउ गरेको एसपी होबिन्‍द्र बोगटीले जानकारी दिए। 

विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत हुने प्रलोभन देखाएर उनले सञ्चालन गरिरहेको एसएमएस फिल्म्स प्रालीको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा रकम जम्मा गर्न लगाउने गरेको आरोप छ। 

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बै.कमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

त्यसपछि विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि पक्राउ गरिएको एसपी बोगटीले बताए । पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनीबाट ठगिएका व्यक्तिहरू प्रहरीको सम्पर्कमा आउन पनि सिआइबीले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया