शनिबार ५ असोज २०८१
समाज

प्रज्ञा प्रतिष्ठानले थाल्यो शब्दकोष परिमार्जन प्रक्रिया

शुक्रबार असोज ४, २०८१/ Friday 09-20-24

काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘प्रज्ञा नेपाली बृहत शब्दकोष’ परिमार्जका लागि सुझाव मागिएको छ ।

पुस मसान्तभित्र आवश्यक सुझाव प्रज्ञा प्रतिष्ठानको इमेलमा पठाउन सकिनेछ।

प्रतिष्ठानले ०७९ मा ल्याएको शब्दकोषका कतिपय शब्दमा विभिन्न जाति, समुदाय, क्षेत्र, लिंग, पेसा विशेषबाट लिखित र मौखिक असन्तुष्टि आएकाले परिमार्जन प्रक्रिया सुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया