शनिबार ५ असोज २०८१
समाज

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

शुक्रबार असोज ४, २०८१/ Friday 09-20-24

काठमाडौँ । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । 

सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ ।  प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा सार्वजनिक गरेको हो ।

एमाले सांसद थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।

छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ । सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न प्रतिवेदनमा भनिएको छ ।

तपाईको प्रतिक्रिया