
काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिएको छ ।
आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । बिहान ११ बजेदेखि करिब २० मिनेट देशभरको मोबाइलहरूमा फोन नलाग्ने समस्या देखिएको हो ।
टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्रणालीमा समस्या आउँदा केहीबेर नेटवर्क प्रभावित भएको हो । ‘समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।
‘सामान्य नेटवर्क इस्यु हो, ७/८ मिनेट समस्या देखियो, अहिले सेवा सञ्चालन भइसकेको छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया