बिहीबार ८ कार्तिक २०८१
समाज

गौशाला धर्मशाला विवादमा उच्च अदालत पाटनद्वारा अल्पकालीन अन्तरिम आदेश जारी

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24

काठमाडौं । उच्च अदालत पाटनले गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिसँग वि.सं.२०६० मा गौशाला धर्मशाला सञ्चालन गर्न गरेको सम्झौता खारेज गरेर काठमाडौं महानगरसँग सम्झौता गरेको थियो । 

काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।

तपाईको प्रतिक्रिया