मंगलबार ६ कार्तिक २०८१
अर्थ

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २५.८८ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ०.९८ प्रतिशतले वृद्धि भएर २,६६५.८१ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम भने घटेको छ । यस दिन चार अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ९० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज १९९ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी ४० कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा बलेफी हाइड्रोपावर, सिटिजन्स बैंक इन्टरनेसनल, इङवा हाइड्रोपावर र माछापुच्छ्रे बैंक छन् ।

यस दिन रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ८.८६ प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.७५ प्रतिशतले घटेको छ ।

गुडविल फाइनान्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, बढी सेयर खरिद–बिक्री हुनेमा कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । 

तपाईको प्रतिक्रिया