बिहीबार ८ कार्तिक २०८१
राजनीति

रविलाई सहकारी ठगीको अनुसन्धान गर्न बुटवलमा पनि लैजाने तयारी

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24

पोखरा । काठमााडौं-सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलमा पनि मुद्दा चलाइने भएको छ। बुटवलस्थित सुप्रिम सहकारीबाट लामिछानेले कुनै प्रकृया पुरा नगरी २ करोड रुपैयाँ कर्जा लिएकाे विषयमा बयानका लागि बुटवल लग्न लागिएकाे हाे। 

लामिछानेले उक्त रकम २०७७ चैत १८ गते लिएको खुलासा भएको हो । लामिछानेको नाममा उक्त सहकारीकी कर्मचारी रोशनी गुरुङले पैसा जम्मा गरेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरेकी थिइन् ।

प्रहरीले गरेको अनुसन्धानबाट उनले सुप्रिम सहकारीबाट उक्त रकम लिएको देखाएको हो । उक्त मितिमा २ करोड रुपैयाँ लामिछानेको नाममा व्यापार कर्जा स्वीकृत भएको छ । जसमा सहकारीले ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको खुलासा भएको हो ।

सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देहीबाट आज पोखरा ल्याइने भएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो । बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत पूर्वडिआइजी जोशी सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कमा अनाधिकृत रुपमा लगानी गरेपछि बयानको लागि रुपन्देही लगिएको थियो ।

जोशीसँग दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुध्द एयरको जहाजमार्फत पोखरा ल्याउने तयारी गरेको प्रहरीको भनाइ छ । आज मध्याह्न साढे १२ बजेको उडानमार्फन उनलाई पोखरा ल्याइन लागिएको हो ।

 

तपाईको प्रतिक्रिया