मंगलबार ६ कार्तिक २०८१
जीवनशैली

सातै प्रदेशमा जलनको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

आइतबार कार्तिक ४, २०८१/ Sunday 10-20-24

काठमाडौं । सरकारले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई जलनको उपचार निःशुल्क गर्ने भएको छ ।

कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकका जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे कार्यविधि तयार पारी मन्त्रिपरिषद्‌मा स्वीकृतिका निम्ति पेस गरेको थियो । 

त्यस्तै लुम्बिनीमा नेपालगञ्जस्थित भेरी अस्पताल, कर्णालीमा कर्णाली अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिकबाहेकको जलन उपचार व्यवस्था निःशुल्क गर्ने आइतबार सार्वजनिक मन्त्रिपरिषदको निर्णय छ ।

तपाईको प्रतिक्रिया