काठमाडौँ । कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाडौँस्थित भिजन कार्ट प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपिडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४ हजार रुपैयाँसम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइन्छ ।
साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइनेछ ।
तपाईको प्रतिक्रिया