आइतबार १४ पौष २०८१
समाज

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

शनिबार पौष १३, २०८१/ Saturday 12-28-24

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।

उनी २०६५ साल भदौ २२ मा न्यायाधीश नियुक्त भएका थिए । पदावधि नथपिएपछि उनले २०७० चैत २९ मा अवकाश पाएका थिए ।

वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए । 

उनका छोराछोरी अमेरिकामा रहेका कारण आइतबार मात्र अन्तिम दाहसंस्कार गरिने सूचना प्राप्त भएको सर्वोच्चका प्रवक्ता अच्युतप्रसाद पुडासैनीले जानकारी दिए।

अहिले उनको शव श्रद्धाञ्जलीका निम्ति नर्भिक अस्पतालमै राखिएको छ।

तपाईको प्रतिक्रिया