आइतबार १४ पौष २०८१
अर्थ

द्रुतमार्गको प्रस्थानविन्दु छिट्टै कायम गरिन्छ : मन्त्री दाहाल

शनिबार पौष १३, २०८१/ Saturday 12-28-24

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन ।

शनिवार द्रुतमार्गको प्रस्थान विन्दू मानिएको खोकना देखि बुङ्मती हुँदै फसिडोलसम्मको अवलोकन तथा निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधान तर्फ लाग्ने बताएका छन् ।

यो फाष्ट ट्रयाक तराई र काठमाडौ जोड्ने लाईफलाईन हो’ निरीक्षणका क्रममा मन्त्री दाहालले भने, ‘यसको प्रस्थान विन्दू कायम गर्ने विषयमा केहि चुनौती देखिएका छन् तर यि विषयलाई लम्बिन दिनुहँदैन, सवैले समाधानको विकल्प खोजि गर्नुपर्छ ।’

सडक निर्माण एवम् विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक तथा परम्परागत मान्यता र अस्थाहरुको संरक्षण गर्दै निकाश निकाल्नु पर्नेमा जोड दिए ।

फाष्ट ट्रयाकले सर्वसाधारणको आवात जावत सहज पार्ने मात्र नभई नेपालको बैदेशिक व्यापारलाई समेत प्रवद्र्धन गर्ने भन्दै उनले समृद्ध नेपाल निर्माणको एउटा आधारमा रुपमा यसलाई लिईएको बताए ।

मुआव्जा वितरण, क्षतिपूर्ती, मोही तथा गुठी आदिका विषयहरुलाई निराकरण गरि यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेको उनको जोड थियो ।

त्यस क्रममा उनले फाष्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेना प्रति सरकारको उच्च भरोसा रहेको बताउदै विकास निर्माणमा सेनाको योगदान सह्रानिय रहेको बताए ।

मन्त्री दाहाललाई नेपाली सेनाका मेजर रमेश आचार्यले फाष्ट ट्रयाक निर्माणको अवस्था, चुनौती एवम् विकल्पहरुका बारेमा ब्रिफिङ् गरेका थिए । 

तपाईको प्रतिक्रिया