Skip This
शुक्रबार १९ पौष २०८१
राजनीति

झापा पुगेर प्रचण्डले भने– मलाई तानाशाही तरिकाले हटाइयो, गिरिबन्धु फाइल खोलेरै छाडिन्छ

सोमबार पौष १५, २०८१/ Monday 12-30-24

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले ०८४ को निर्वाचनमा माओवादी पहिलो शक्ति बन्ने र देशबाट भ्रष्टाचारको चरा उखेल्ने घोषणा गरेका छन् । झापाको गौरीगञ्जमा आयोजित पार्टीको खबरदारी सभा र बृहत्त पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको कांग्रेस–एमालेको सरकार अप्राकृतिक र असंवैधानिक रहेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाली, झेली र कपटी नेताको संज्ञा दिए । उनले ओलीको दिमागमा जालझेलबाहेक अरु नदेखिएको टिप्पणी गरे । उनले गिरिबन्धुमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्ने घोषणा गरे ।

उनले आफ्नो नेतृत्वको सरकारले सुशासनको पक्षमा कदम चालेपछि सरकार ढालिएको दाबी गरे । उनले भने,‘देश र जनताको पक्षमा त्यसरी सुसशासनका पक्षमा काम गरेबापत अनि भूमिाफयाहरु डराए । सरकारी जग्गा सरकारकै नाममा ल्याएपछि भूमाफिया डराए । विचौलियाको सेटिङ भत्काएपछि, भ्रष्ट तत्वमा खैलाबैला मच्चियो । बडो अलोकतान्त्रिक, अपा्रकृतिक र अपरादर्शी तरिकाले रातारात मेरो सरकार ढालियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार भएपछि, नेपाली कांग्रेस र एमालेका ठूला ठूला नेता, एमालेको हेडक्वार्टरतिरै सोझिएपछि सरकार फेरियो । पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा संसदीय लोकतन्त्रमा हुँदैन् । हिन्दुस्तानमामा कंग्रेस आई र भाजपा मिलेर सरकार बनाएका सुनेका छौं ? तर, नेपालमा यस्तो भयो । यो लोकतन्त्रविरोधी कुरा हो । संविधानको धारा ७६ (२) को सरकारले विश्वासको मत लिन सकेन भने ७६ (३) अन्तर्गतको भन्ने सरकार बन्नेछ भनेर लेखेको छ । मैले विश्वासको मत नपाएपछि ७६ (३) को सरकार बन्नुपर्ने थियो । यो अहिलेको गठबन्धनको सरकार न लोकताकिन्त्र छ, न संवैधानिक छ । यो जालझेल र षड्यन्त्रबाट आएको सरकार हो । यसले भ्रष्टाचारीलाई बचाउने काम गरेको छ । दलाललाई बचाउने र विचौलियाको रक्षा गर्ने काममा मात्रै छ ।’

दाहालले ओली सरकारले साँच्चै दलाल र भ्रष्टको पक्षमा काम गरिरहेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया