राजनीति
लिङ्देनले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?
शुक्रबार पौष २६, २०८१/ Friday 01-10-25
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। बिहीबार साँझ बालुवाटार भएको भेटमा विविध पक्षमा लामै कुराकानी भएको लिङ्देनले बताएका छन् ।
राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा निमन्त्रणा दिनेक्रममा लिङ्देनले प्रधानमन्त्री ओलीसँग भेटेका हुन् ।
तपाईको प्रतिक्रिया