बुटवलको सुप्रिम सहकारीको पनि प्रतिवेदन बुझायो प्रहरीले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटी रकम बुझाएर रिहा भए। इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार सुप्रिम सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए। उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।
प्रहरीले लामिछानेलाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको स्रोतले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो।
तपाईको प्रतिक्रिया