बुधबार ९ माघ २०८१
अर्थ

सुनको मूल्य तोलामा १२ सयले बढ्यो

बिहीबार माघ ३, २०८१/ Thursday 01-16-25

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी चाँदी तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

तपाईको प्रतिक्रिया