खेलकुद
यू-१९ महिला विश्वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25
काठमाडौं । आईसीसी महिला यू–१९ टी ट्वेन्टी विश्वकपमा नेपालले आज (बुधबार) अस्ट्रेलियाको सामना गर्दैछ । मलेसियाको वाईएसडी–यूकेएम क्रिकेट ओभल बागींमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ ।
नेपालले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो।
आजको पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई हराएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराएपनि नेपाल सुपर सिक्समा पुग्नेछ । स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने छ । अस्ट्रेलियासँग पराजित भएमा नेपाल बाहिरिनेछ ।
तपाईको प्रतिक्रिया