बुधबार ९ माघ २०८१
राजनीति

राजेन्द्र महतोले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह ग्यास सिलिण्डर

मंगलबार माघ ८, २०८१/ Tuesday 01-21-25

काठमाडौँ । राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ ।

राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर अभियान चलाएका अध्यक्ष महतोले पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसको लामो प्रयासपछि मंगलबार पार्टी दर्ता प्रमाणपत्र पाएको पार्टीका नेता केशव झाले बताए ।

राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिह्न माछा माग गरेको थियो । तर निर्वाचन आयोगले ग्यास सिलिण्डर चुनाव चिह्न दिएको छ । “...गाढा निलो रङको आयातकार झन्डाको मध्यभागमा तीर धनुष रहने गरी झन्डा समेत प्रदान गरिएको छ,” पार्टी अध्यक्ष राजेन्द्र महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी अगाडि बढ्ने भएकाले पार्टीको सदस्यता लिएर सक्रियताका साथ पार्टीमा लाग्न अध्यक्ष महतोले आग्रह गरेका छन् । 

तपाईको प्रतिक्रिया