बुधबार २८ फाल्गुण २०८१
बिजनेस

टुसाल मल्टिभेन्युमा भव्य होली फेस्टिभल हुँदैः लाईभ ब्यान्ड र डिजे प्रस्तुतीको धमाका

सोमबार फाल्गुण २६, २०८१/ Monday 03-10-25

काठमाडौं। काठमाडौंको तार्केश्वर नगरपालिका ०८ मा अवस्थित टुसाल मल्टिभेन्युले हरेक वर्षझैँ यस वर्ष पनि फागुन २९ गते भव्य “टुसाल होली फेस्ट २०२५” आयोजना गर्ने भएको छ।

मल्टिभेन्युको आफ्नै प्राङ्गणमा हुने यस होली फेस्टिभलमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा लाईभ ब्यान्ड प्रस्तुतीहरू रहनेछन्।

यसपटकको फेस्टिभलमा नेपाल आइडल सिजन ५ का चर्चित गायक प्रसान्त थापा र उनको ब्यान्डको लाईभ प्रस्तुति मुख्य आकर्षण हुनेछ। साथै, फ्युजन ब्यान्डले समेत धमाकेदार प्रस्तुति दिनेछ।

त्यस्तै, डिजे प्रस्तुतीतर्फ डिजे जेसन, डिजे नेवासन र डिजे सुनिलले उपस्थित दर्शकलाई होलीको रंगमा झुमाउनेछन्। लोकप्रिय गायक नेगी सुमनको प्रस्तुति पनि विशेष आकर्षण रहनेछ।

टुसाल मल्टिभेन्युका म्यानेजर विमोन्ड ओझाले, यस वर्षको “टुसाल होली फेस्ट २०२५” लाई भव्य रमाइलो बनाउन विशेष तयारी गरिएको बताए। कार्यक्रम अवधिभर लाईभ म्युजिक, स्वादिष्ट परिकारहरू, र  रोजाई अनुसारका ड्रिंक्स उपलब्ध हुनेछन् भने प्रवेश पास निशुल्क रहेको छ।

साथीभाई, परिवार, र आफन्तहरूसँगै राष्ट्रिय कलाकारहरूको साथमा होली खेल्न चाहने जो कोहीले यस वर्षको होलीमा टुसाल मल्टिभेन्युमा आएर रंगीन माहोलको मज्जा लिन सक्नेछन्। 

तपाईको प्रतिक्रिया