समाज
सामाखुसी ढल ठेक्कामा अनियमितता : पूर्व प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार जेठ २८, २०८२/ Wednesday 06-11-25

काठमाडौं । सामाखुसी करिडोरअन्तर्गत ढल निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत तथा हाल सूचना विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
परियारसहित बोलपत्र मूल्यांकन समितिका सदस्यहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालमाथि ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ।
ठेक्कामा कम रकम कबोल गर्ने 'समानान्तर निर्माण सेवा प्रालि'लाई नदिई बढी कबोल गर्ने 'कल्पवृक्ष कोहिनूर जेभी'लाई काम दिएको भन्दै उजुरी परेको थियो।
तपाईको प्रतिक्रिया