
काठमाडौं । आर्थिक वर्ष ०८२/८३ मा संघीय सरकारले बाजुराका स्थानीय तहलाई २ अर्ब ७० करोड ४३ लाख रुपैयाँ अनुदान दिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बुढीगंगा नगरपालिकाले सबैभन्दा बढी ३८.७७ करोड पाउँदा, खप्तड छेडेदह गाउँपालिकाले ३५.६७ करोड पाएको छ।
नगरपालिकातर्फ सबैभन्दा कम बडीमालिकाले ३०.६९ करोड र गाउँपालिकातर्फ जगन्नाथले १९.७९ करोड पाएका छन्। बाजुरामा पाँच गाउँपालिका र चार नगरपालिका छन्। यो अनुदान समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान अन्तर्गत प्राप्त भएको हो।
तपाईको प्रतिक्रिया