मंगलबार २६ चैत २०८१
अर्थ

सुनको मूल्य तोलामा १ लाख ८० हजार रुपैयाँ नाघ्यो

बिहीबार चैत २१, २०८१/ Thursday 04-03-25

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी रहेको छ। 

आज सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यसअघि मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। 

उक्त दिन सुन प्रतितोला एक लाख ७९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ पुगेको छ। 

यसैगरी, बिहीबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार २० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।

तपाईको प्रतिक्रिया