बिहीबार ४ बैशाख २०८२
समाज

विश्वकै शिर्ष स्थानको प्रदुषित शहर बन्यो काठमाडौंः एयर क्वालिटी इन्डेक्स २३४ पुग्यो

सोमबार चैत २५, २०८१/ Monday 04-07-25

काठमाडौँ।  नेपालको राजधानी काठमाडौँ विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ। सोमबार बिहानको एयर क्वालिटी इन्डेक्स (AQI) २३४ पुगेको छ, जुन अत्यन्त अस्वस्थ मानिन्छ। मुख्य प्रदूषक PM 2.5 को मात्रा १५९ मापन गरिएको छ।

शंख पार्कसहित रत्नपार्क, भक्तपुर, भैंसेपाटी र खुमलटारमा पनि वायुको गुणस्तर अस्वस्थ देखिएको छ। वातावरण विभागका अनुसार देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण प्रदूषण बढेको हो।

सरकारले अत्यावश्यक बाहेकको समयमा घरबाहिर ननिस्कन र मास्क प्रयोग गर्न आग्रह गरेको छ। विशेषगरी वृद्ध, बालबालिका र दमका बिरामीलाई थप जोखिम हुने चेतावनी दिइएको छ।

 

तपाईको प्रतिक्रिया