बिहीबार ४ बैशाख २०८२
माैसम

काठमाडौंसहित यी स्थानमा आज वर्षाको सम्भावना

मंगलबार चैत २६, २०८१/ Tuesday 04-08-25

काठमाडौं । काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । 

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट जलवाष्पसहितको वायु नेपाल प्रवेश गर्दा काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा क्षणिक वर्षाको सम्भावना देखिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

यी प्रदेशहरूमा मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको उनले बताइन्।

उनका अनुसार काठमाडौं उपत्यकामा दिउँसोतिर वर्षाको सम्भावना छ। 

काठमाडौंमा एक–दुई मिलिमिटर मात्रै वर्षाको सम्भावना छ। पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट पनि जलवाष्पयुक्त हावा आएकाले अबको दुई–तीन बदलीको सम्भावना छ। बुधबार पनि काठमाडौंसहित देशका केही स्थानमा वर्षातको सम्भावना छ।

तपाईको प्रतिक्रिया