मंगलबार २६ चैत २०८१
राजनीति

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

शुक्रबार चैत २२, २०८१/ Friday 04-04-25

बुटवल । सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको छ।

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले त्यो आदेश बदर गर्दै थुनाको आदेश दिएको हो।

पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको निर्णय भने सदर गरिएको छ। सरकारी वकिल कार्यालयले ‘उस्तै कसुरमा छविलाई थुनेर रविलाई छाड्नु गलत’ भन्दै उच्च अदालतमा पुनरावलोकन माग गरेको थियो।

सुप्रिम सहकारी प्रकरणमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध ५५ करोड रुपैयाँभन्दा बढी अपचलनको अभियोग छ, जसमध्ये रवि, छवि र जीबीले मात्रै झण्डै ११ करोड रुपैयाँ अपचलन गरेको दाबी छ। जीबी राई हाल फरार छन्।

 

तपाईको प्रतिक्रिया