
काठमाडौँ । कानुन व्यवसायीहरूको छता संगठन नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको जारी मतगणना जारी छ ।
२५ सदस्यीय नयाँ कार्यसमितिका लागि ५७ जना चुनावी मैदानमा छन् । २७औं केन्द्रीय कार्यसमितिको नेतृत्वका लागि सत्ता समीकरणका उम्मेदवार विजयप्रसाद मिश्र र विपक्षीका रमणकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ ।
कोशी प्रदेशका केही जिल्ला र कोशी उच्च बारको मतगणना हुँदा विजय मिश्रले १९१ र रमण श्रेष्ठले ११९ मत प्राप्त गरेका छन् । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो।
तपाईको प्रतिक्रिया