सोमबार २५ चैत २०८१
अर्थ

२६७० अंकमा झर्‍यो सेयर बजार, पाँच अर्ब ६५ करोडको सेयर किनबेच

सोमबार चैत २५, २०८१/ Monday 04-07-25

काठमाडौं । नेप्से परिसूचक सोमबार घटेर बन्द भएको छ ।

नेप्से परिसूचक ३३.३३ अंकले घटेर २६७०.०७ विन्दुमा बन्द भएको हो ।

यस दिन पाँच अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भयो । २३ कम्पनीको सेयर मूल्य बढ्यो । २२१ कम्पनीको सेयर मूल्य घट्यो ।

हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ५० करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनीको सेयर मूल्य ६.६३ प्रतिशतले बढेको छ ।

यस्तै, कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । 

तपाईको प्रतिक्रिया