शुक्रबार १२ बैशाख २०८२
राजनीति

सरकारको होइन, चुनावको चिन्ता गर्नुस् : प्रधानमन्त्री ओली

बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भन्दा पनि आगामी निर्वाचनका बारेमा चिन्ता लिन कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंको भृकुटिमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

नेकपा एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै सधैं चुनाव हेर्नुपर्ने बताए ।

‘नेकपा एमालेले सरकार बनऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन । नेकपा एमालेले सधैं चुनाव हेरेको हुन्छ । हामीले ७० को चुनाव भन्यौं । र ८४ को चुनाव भनिरहेका छौं । ढुक्कले मिसन ८४ मा लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

‘यतिबेला नेकपा एमाले र कांग्रेसको सरकार एउटा संकल्पसाथ बनेको सरकार हो । यो स्थिरता र स्थायीत्वका लागि बनेको सरकार हो । यो केही लिएर अघि बढेको छ । सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया