शुक्रबार १२ बैशाख २०८२
अर्थ

नेपालसहित चार देशमा एमसीसी परियोजना नरोकिने

शुक्रबार बैशाख १२, २०८२/ Friday 04-25-25

काठमाडौँ । नेपालसहित चार मुलुकमा एमसिसी परियोजना नरोकिने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसिसी परियोजना बन्द गरिने भनेर एमसिसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो।

यद्यपि एमसिसी सम्झौता भएर काम पनि सुरू भइसकेका नेपाल, सेनेगल, मंगोलिया र आइभोरी कोस्टमा परियोजना बन्द नहुने भनिएको एमसिसीका एक कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

एमसिसीले नेपाल सहित विभिन्न २० देशहरूमा विभिन्न काम गर्दै आइरहेको छ। चार देशबाहेकका अरू मुलुकहरूमा भने परियोजना रोक्न भनिएको एमसिसीका ती कर्मचारीले बताएको भनेर रोयटर्सले लेखेको छ।

'यो विकासका लागि व्यापार र पूर्वाधारमा केन्द्रित परियोजना हो। यो अमेरिकाको हितमा पनि छ,' ती कर्मचारीले भनेका छन्।

एमसिसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो। उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख छ।

तपाईको प्रतिक्रिया