समाज
निर्घात कुटपिटमा संलग्न चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25

काठमाडौं । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।
उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
उनका अनुसार घटना २३ मंसिरमा सुन्धारा आकशे पुलमुनिको हो । भिडियोमा एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ । तीमध्ये एक ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको र कागजपत्र भूइँमै फ्यालेर हिँडेका छन् । मोटरसाइकलमा सामान लिएर ती यात्रु आएको प्रहरीले बताएको छ ।
उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया