आमा, बहिनी र ज्वाइँ लिएर घुम्न गएका सुदीप कश्मीरमा मारिए

काठमाडौं । भारतको जम्मु कश्मीरमा मंगलबार लस्कर ए तैयबा समूहले गरेको आक्रमणमा मारिएका नेपाली युवक रुपन्देहीको बुटवलका भएको खुलेको छ ।
बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको खुलेको हो। कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना पर्यटक मारिएका थिए । जसमा एकजना नेपाली २७ वर्षीय सुदीप न्यौपाने पनि रहेको मंगलबार नै खुलेको थियो ।
परराष्ट्र मन्त्री डा. आरजु राणाले कश्मीरको पाहलगममा भएको आतङ्ककारी आक्रमणमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, कालिकानगर निवासी सुदीप न्यौपानेको गोली लागेर ज्यान गएकी जानकारी दिएकी हुन् ।
उक्त आक्रमणमा उनी आमासमेत घाइते भएको खुलेको छ । उनी गत शनिबार मात्रै आमा रीमा, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेलाई लिएर कश्मीर घुम्न गएका थिए । मंगलबारको घटनामा रीनाका एक मात्रै छोरा सुदीप मारिएका हुन् । रीना पनि घटनामा घाइते भएकी छन् ।
परराष्ट्रमन्त्री राणाले न्यौपानेको आमा रीनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । ‘उहाँहरू घुमघामका लागि त्यहाँ पुग्नु भएको समाचार आएको छ, यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन्,’ उनले भनेकी छन, ‘नेपाल सरकार यो घटनाको निन्दा एवम् भर्त्सना गर्दछ । यस दुःखको घडीमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौँ ।’
उनका अनुसार यो घटनाबारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालयले भारतीय पक्षसँग सम्पर्क गरिरहेको छ ।
तपाईको प्रतिक्रिया