शनिबार १३ बैशाख २०८२
राजनीति

शोकप्रस्ताव पारित गर्दै सकियो राष्ट्रियसभाको बैठक

शुक्रबार बैशाख १२, २०८२/ Friday 04-25-25

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो ।

निर्धारित समयमै सुरु भएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्‍यहोरा पढेर सुनाए ।

त्यसपछि सभाध्यक्ष दाहालले पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य, पूर्व मन्त्री र हालको प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे ।

बोहराको निधनमा शोक प्रकट गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।

अर्को बैठक यही वैशाख १४ गते दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया