शुक्रबार १२ बैशाख २०८२
समाज

चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन

मंगलबार बैशाख ९, २०८२/ Tuesday 04-22-25

काठमाडौं। नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ ।

अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज एक विज्ञप्ति जारी गर्दै परिषद्‌ले २४ घण्टाभित्र काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन अल्टिमेटमसेत दिएको हो ।

'विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नजिता प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको' भन्दै परिषद्‌ले चाबी लिएरै काठमाडौंमा जारी आन्दोलनमा अनिवार्य सहभागी हुन भनेको छ । शैक्षिक हडताल भइरहेको यो परिस्थितिमा समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि र कर्मचारीको हकअधिकार स्थापित गर्ने परिवर्तनकामी यात्रामा छुटने अधिकार कसैलाई नरहेको पनि उल्लेख छ ।

तपाईको प्रतिक्रिया