शनिबार २० बैशाख २०८२
समाज

जसपा नेत्रीको ‘पेस्ताेल डान्स’ भाइरल, प्रहरीले अनुसन्धानका लागि बोलायो

बिहीबार बैशाख १८, २०८२/ Thursday 05-01-25

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालकी नेत्री डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियोका बारेमा प्रहरीले सोधपुछ गर्ने भएको छ ।

बुधबार (वैशाख १८) सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोमा यादवले नाच्दै गर्दा आकाशतर्फ ताक्दै पेस्तोल पड्काएको देखिन्छ । सामाजिक सञ्जाल फेसबुक, टिकटकजस्ता प्लेटफर्ममा उनले पेस्तोल चलाउँदै नाचिरहेको भिडिओ भाइरल भइरहेको छ ।

डा.यादव सप्तरीको स्थायी ठेगाना बोदे बरसाईन नगरपालिका–५ हो । उनी राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरीसमेत हुन् । उक्त घटनाको सन्दर्भमा प्रहरीले अनुसन्धानको लागि बोलाएपछि नेतृ सिंहले स्पष्टीकरण दिएकी छन् । उने ‘भारतको सीमावर्ती सहर सीतामढीमा मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा नृत्य गर्दा ‘रेन्जर टोइ’ नामक खेलौनाबाट फायर गरेको बताएकी छन् । उनले उक्त घटनालाई अतिरञ्जित नबनाई दिन आग्रहसमेत गरेकी छन् ।

तपाईको प्रतिक्रिया