शनिबार २० बैशाख २०८२
राजनीति

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

शुक्रबार बैशाख १९, २०८२/ Friday 05-02-25

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरे । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउने हेतुले 'हरेक दिन एक पाइला अगाडि' भन्ने सोचका साथ काम गर्न आग्रह गरे।

उनले मुलुकमा सुशासन, विकास र सहज सेवा प्रवाहका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकार विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने धारणा राखे।

 

तपाईको प्रतिक्रिया