अर्थ
सुनको मूल्य ४ हजार ६ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
बिहीबार बैशाख १८, २०८२/ Thursday 05-01-25

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो।
यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।
तपाईको प्रतिक्रिया