राजनीति
'राष्ट्रपति महिला उत्थान कार्यक्रम'लाई 'राष्ट्रिय महिला उत्थान कार्यक्रम'का रुपमा अघि बढाइने
शुक्रबार बैशाख १९, २०८२/ Friday 05-02-25

काठमाडौँ। 'राष्ट्रपति महिला उत्थान कार्यक्रम'लाई 'राष्ट्रिय महिला उत्थान कार्यक्रम'का रुपमा अघि बढाइने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई राष्ट्रिय महिला उत्थान कार्यक्रमका रुपमा व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गरिनेछ।’
साथै आर्थिक र सामाजिक रुपमा विपन्न महिलाहरूको आर्थिक सशक्तिकरणका लागि वित्तीय पहुँच र उद्यमशिलता विकास गरिने भनिएको छ।
यस्तै दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार कार्यक्रमलाई थप प्रभावकारी बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
तपाईको प्रतिक्रिया