शनिबार २० बैशाख २०८२
राजनीति

सरकारले सहमतिको आधारमा संविधान संशोधन गर्ने

शुक्रबार बैशाख १९, २०८२/ Friday 05-02-25

काठमाडौं।  सरकारले सहमतिको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले ०७२ सालमा जारी भएको संविधान समीक्षा गर्दै कार्यान्वयनको क्रममा देखिएका कमजोरी सच्याउँदै जाने बताए ।

नीति तथा कार्यक्रममार्फत सरकारले सहमतिकै आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया