शनिबार २० बैशाख २०८२
जीवनशैली

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार निःशुल्क

शुक्रबार बैशाख १९, २०८२/ Friday 05-02-25

काठमाडौं । सरकारले महिलामा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी (HPV) खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क प्रदान गरिने व्यवस्था मिलाइने जानकारी दिएका छन्।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि थप प्रभावकारी कार्यक्रम ल्याइने र जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने पनि राष्ट्रपतिले उल्लेख गरे।

उनले भने, “दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि थप प्रभावकारी कार्यक्रम बनाइने छ। यस्तै, जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने छ।”

तपाईको प्रतिक्रिया