शुक्रबार १९ बैशाख २०८२
राजनीति

माउन्ट एभरेष्टसँग सगरमाथाको कुनै साइनो छैन, सगरमाथा नै भनौं : प्रधानमन्त्री ओली

बिहीबार बैशाख १८, २०८२/ Thursday 05-01-25

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा 'माउन्ट एभरेस्ट' नभएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा हिमालहरूको चर्चा गर्दै उनले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको बताएका हुन् । 

‘माउन्ट एभरेस्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । एउटा ब्रिटिस एभरेस्ट व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । तर, उनका नाममा सगरमाथा माउन्ट एभरेस्ट किन राखियो ? त्यो बुझिनसक्नु छ ।' ओलीले भने । 

 उनी  चढेको व्यक्ति पनि नभएको ओलीको भनाइ छ ।  'उनले त्यो सबैभन्दा अग्लो हिमाल भनेर पत्ता लगाएका हुन् ? त्यो पनि होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘उनले त अर्को हिमाल अग्लो हो भनेका थिए । हामीले फेरि माउन्ट एभरेस्ट भनिरहने पनि होइन । एभरेस्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन । त्यसकारण त्यो नक्कली नाम हो ।'

तपाईको प्रतिक्रिया