
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा सोमबार (वैशाख १५ गते) विधिवत् रूपमा रथारोहण गरेर सुरु गरिएको छ।
ललितपुरको त:बहालबाट रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर पुल्चोकमा तयार पारिएको रथमा विराजमान गराएपछि राति रथ तानेर जात्रा सुरु गरिएको हो। आज मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गा:बहालसम्म तानिएको छ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म सञ्चालन हुने यो जात्रा नेपालकै सबैभन्दा लामो रथ जात्रा मानिन्छ।
रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदाबाट सुरु हुने यो जात्रा असार शुक्ल चौथीका दिन राष्ट्रप्रमुखको उपस्थितिमा “भोटो देखाउने” समारोहसँगै विधिवत् रूपमा समापन गरिन्छ। भोटो देखाउने परम्परा पनि विविध किंवदन्तीले भरिएको छ, त्यसैले यसलाई “भोटो जात्रा” पनि भनिन्छ।
तपाईको प्रतिक्रिया