राजनीति
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच सिंहदरबारमा भेटवार्ता, प्रचण्ड अनुपस्थित
बिहीबार बैशाख १८, २०८२/ Thursday 05-01-25

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा आज भेटवार्ता सम्पन्न भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आमन्त्रण गरिएको थियो, तर उनी सहभागी भएनन्।
भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थिति, संक्रमणकालीन न्यायको प्रक्रिया लगायतका समसामयिक विषयमा गहन छलफल भएको जनाइएको छ।
तपाईको प्रतिक्रिया